राजनीति


एमसीसीको प्रसंगमा प्रधानमन्त्रीको आलोचना गर्दै भीम रावलले भने– देशघाती

एमसीसीको प्रसंगमा प्रधानमन्त्रीको आलोचना गर्दै भीम रावलले भने– देशघाती

नेपालखबर
चैत ३१, २०७७ मंगलबार ०:३२,

नेकपा एमालेका नेता भीम रावलले एमसीसीको प्रसंगमा आफ्ना अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गर्दै ‘देशघाती’को संज्ञा दिएका छन्।

प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा सभामुखलाई एमसीसीसँगको सम्झौता संसदमा रोक्न पाउने अधिकार छ भनी प्रश्न गरेको भन्दै राष्ट्रलाई असर पार्ने कुनै पनि काम रोक्ने अधिकार हरेक देशभक्ति नागरिकको कर्तव्य भएको टिप्पणी गरेका हुन्।

बरु त्यस्तो कर्तव्यप्रति देशघातीहरूमा भने घृणा हुने भन्दै नेता रावलले प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका छन्।

‘सभामुखले एमसीसीसँगको सम्झौता संसदमा रोक्न पाउने अधिकार छ भनी प्रम केपीले सार्वजनिक कार्यक्रममा प्रश्न उठाउनु भएको रहेछ,’ नेता रावलले सोमबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशहित विरोधी कुनै पनि सम्झौता र काम रोक्नु प्रत्येक देशभक्त नागरिकको कर्तव्य हो। यस्तो कर्तव्यप्रति देशघातीहरूमा भने घृणा हुन्छ।’

bhimrawaltw

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad