राजनीति


म्यानमारमा सैन्य ‘कु’ विरुद्ध आन्दोलन : अहिलेसम्म ७०१ को मृत्यु, ३१ सय पक्राउ

म्यानमारमा सैन्य ‘कु’ विरुद्ध आन्दोलन : अहिलेसम्म ७०१ को मृत्यु, ३१ सय पक्राउ

नेपालखबर
चैत ३०, २०७७ सोमबार २३:३३,

सेनाले शासन सत्ता हातमा लिएपछि भएको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म कम्तिमा ७०१ जनाको मृत्यु भएको छ।

आन्दोलनमा सहभागी अन्य तीन हजार एक सयभन्दा बढी नागरिकलाई सुरक्षाकर्मीले पक्राउ गरी थुनामा राखेका छन्। गत फेब्रअरी १ तारिखका दिन म्यानमारको सेनाले सत्ता हातमा लिएको घोषणा गर्दै नेताहरुलाई पक्राउ गर्न सुरु गरेको थियो। सेनाले सत्ता हातमा लिएदेखि नै म्यानमारमा विरोध प्रदर्शन भइरहेका छन्।

अनुगमनकर्ताहरुले सार्वजनिक गरेको विवरणअनुसार अरु सयौँ व्यक्ति आन्दोलनका क्रममा घाइते भएका छन् भने कतिपयको अवस्था अझै अज्ञात छ। गत शुक्रबार एकै दिनमा सुरक्षाकर्मीहरुको आक्रमणमा परी देशको बागो क्षेत्रमा कम्तीमा ८२ जनाको मृत्यु भएको छ। केही हप्ता अगाडि म्यानमारमा प्रदर्शनकै क्रममा एकैदिनमा सयभन्दा बढीको सेनाले हत्या गरेका थिए।

गत वर्ष सन् २०२० को नोभेम्बर ८ का दिन भएको निर्वाचन र त्यसको नतिजाप्रति असन्तुष्टि जनाउँदै सेनाले म्यानमारको सत्ता नियन्त्रणमा लिएको हो । सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ।

उक्त चुनावमा आङ सान सुकी र उनको ‘नेशनल लिग फर डिमोक्यासी’ दल निर्वाचित भएको थियो । चुनावमा धाँदली भएको सेनाको दाबीलाई निर्वाचन आयोगले खारेज गरिदिएको थियो।

सेनाले निर्वाचन निश्पक्ष नभएको दाबी गर्दै फेरि निर्वाचन गराउन भन्दै सत्ता नियन्त्रणमा लिनुपरेको जनाएको छ । सेनाले निर्वाचन गराउने भन्दै एक बर्षका लागि संकटकालसमेत घोषणा गरेको छ । तत्कालीन नयाँ संसद्को पहिलो बैठक बस्न लागेकै दिन सेनाले सत्ता नियन्त्रणमा लिएपछि अहिले म्यानमारको राजनीति थप संकटतर्फ धकेलिएको छ।

सेनाले नियन्त्रणमा रहेकी नेतृ आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उनका वकीलले जानकारी दिएका छन्। उनीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ।

न्यापिटअमा पाँच र याङ्गुमा एउटा मुद्दा लगाइएको उहाँका वकील मीन मीन सोले जानकारी दिएका छन् । पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानून अन्तर्गतको हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad