ad ad

राजनीति


ओलीलाई प्रदीप गिरीले भने: पासा फ्याँकेर पाण्डवलाई जंगल पठाएजस्ताे फेरि संसद विघटनतर्फ नलाग्नुस्

ओलीलाई प्रदीप गिरीले भने: पासा फ्याँकेर पाण्डवलाई जंगल पठाएजस्ताे फेरि संसद विघटनतर्फ नलाग्नुस्

नेपालखबर
चैत ३०, २०७७ सोमबार ९:६,

नेपाली कांग्रेससका सांसद प्रदीप गिरीले संसदलाई पाँचै वर्ष चल्ने वातावरण बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

संसदको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री ओलीकै कारण संसदलाई अस्थिर बनाइएको र अब त्यसलाई रोकेर पूरा समय संसद चल्ने वातावरण बनाउनुपर्ने बताएका हुन्।

अहिलेको संकटको समाधान राष्ट्रिय सहमतिबाट गर्न सकिने उनको भनाइ छ।

‘यस संकटको घडीमा सबै एक भइकन कसरी राष्ट्रिय सहमति गर्न सक्छौँ, चुनावै गर्नुअघि पनि जरुरत पर्छ भने राष्ट्रिय सहमतिको सरकार बनाउन समेत तयार होऔँ’, सांसद गिरीले भने, ‘होइन भने जुन भावनाले हामीले प्रधानमन्त्रीको एकमनावादी चुनाव गराउने शैलीलाई अस्तिको संविधानमा निरस्त्र गरेका छौँ, त्यसलाई ध्यानमा राख्दै संसदलाई पूरा कार्यकाल चल्न दिऔँ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलरुपमा शक्तिशाली बनेर सरकार चलाउन खोजेको टिप्पणी गरेका छन्।

२०४७ सालको संविधान असफल भएजस्तै अहिले पनि त्यही दिशातिर गएको र दोषचाहिँ चीन र भारतलाई दिने गरेको भन्दै उनले सबै नेपालीको भावनालाई बुझेर राजनीतिक दलका नेताहरु एकैठाउँमा उभिए कुनै देशले पनि केही गर्न नसक्ने बताए।

‘जालझेल गरेर शकुनीले पासा फ्याकेँजस्तो, द्विवारा पासा फ्याँकेर फेरि पाण्डवलाई जंगल पठाएजस्तो संसद विघटन गर्ने दिशामा कृपया नगइदिनुस्’, सांसद गिरीले प्रधानमन्त्री ओलीलाई भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .