प्रदेश २ मा पार्टी छोडेर एमाले प्रवेश प्रवेश गरेका ४ प्रदेश सांसदलाई नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेर पदमुक्त गरेको छ।
प्रदेश कमिटीको सिफारिसमा माओवादी केन्द्रले एमालको केपी ओली समूहमा लागेका प्रदेश २ का चार जना सांसदलाई पदमुक्त गर्न सभामुख सरोजकुमार यादवलाई सिफारिस गरेको हो।
प्रदेश सभा सदस्यहरू रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशहवा, ज्वाला साह र मोहम्मद समिरलाई पदमुक्त गर्न सिफारिस गरेको माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृका यादवले जानकारी दिए।
पार्टी हितविपरीत कार्यगरेकोले चारैजनालाई कारवाही गर्न केन्द्रमा पत्राचार भएको थियो’, यादवले भने, ‘सोही आधारमा कारवाही गरेर सभामुखलाई बुझाईसकिएको जानकारी पाएको छु, आज बस्ने प्रदेश संसदको बैठकमा सो कारवाहीबारे सभामुखले जानकारी गराउनुहुन्छ।’
माओवादी केन्द्रको प्रदेश सभामा ११ जना सांसद थिए।
Shares
प्रतिक्रिया