ad ad

राजनीति


अमेरिकाले चीनलाई चिढ्याउन र ताइवानसँग नजिकिन ल्यायो नयाँ नीति

अमेरिकाले चीनलाई चिढ्याउन र ताइवानसँग नजिकिन ल्यायो नयाँ नीति

नेपालखबर
चैत २९, २०७७ आइतबार ११:२९,

साउथ चाइना मर्निङ पोस्टका अनुसार अमेरिकी विदेश विभागले शुक्रबार अमेरिकी र ताइवानका सरकारी अधिकारीहरु बीचको सम्बन्धलाई प्रोत्साहित गर्ने नयाँ नीति घोषणा गरेको हो।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको कानून ताइवान एजसुअरेन्स एक्ट २०२० को पालना नयाँ सरकारले गरेको बताइएको छ।

यससँगै विदेश विभागका प्रवक्ता नेड प्राइसले भनेका छन्,‘नयाँ नीतिले ताइवानसँग अमेरिकी सरकारको संलग्नतालाई प्रोत्साहित गर्छ जसले हाम्रो गहिरो अनौपचारिक सम्बन्ध झल्काउँछ।’

‘ताइवान एक जीवन्त लोकतन्त्र र हाम्रो एक महत्वपूर्ण सुरक्षा र आर्थिक साझेदार हो जुन अन्तर्राष्ट्रिय समुदायमा राम्रो काम गर्नसक्ने शक्ति हो’ उनले भनेका छन्।

अमेरिका एक चीन नीतिमा प्रतिवद्ध भएको राष्ट्र हो। अमेरिकाले ताइवानसँग चीनको अनुमति बिना व्यापारका साथै प्रशासनिक सम्बन्ध राखे त्यो एक चीन नीतिको उल्लंघन हुनेछ।

पछिल्लो समयमा अमेरिकाले चीनसँगको प्रतिवद्धतालाई त्यागेको देखिएको छ। अमेरिकाले ताइवानलाई हतियार बेचिरहेको छ भने अहिले चीनलाई चिढ्याउन र ताइवानसँग नजिकिन नयाँ नीति ल्याएको हो। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .