राजनीति


शेरबहादुर देउवाको नेतृत्वमा सरकार नयाँ सरकार बन्छ : महामन्त्री कोइराला

शेरबहादुर देउवाको नेतृत्वमा सरकार नयाँ सरकार बन्छ : महामन्त्री कोइराला

नेपालखबर
चैत २८, २०७७ शनिबार ८:३४,

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सरकार बन्ने बताएका छन्।

शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन्।

उनले भने, ‘शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ। उहाँकै नेतृत्वमा अब सरकार बन्छ। यस विषयमा अन्य दलसँग छलफल जारी छ।’ जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुंगो लाग्ने उनको भनाइ थियो।

उनले भने, ‘जसपासँग छलफल भइरहेको छ। उहाँहरु पनि आन्तरिक छलफलमा हुनुहुन्छ।’ जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुने उनले बताए।

फरक प्रसंगमा उनले कांग्रेसको महाधिवेशनलाई असर नगर्ने गरी सरकारमा जानुपर्ने बताए। उनले भने, ‘समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो। सरकारमा जाँदा महाधिवेशनलाई कुनै असर पर्नु हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad