राजनीति


माओवादीले कारबाही गरेसँगै पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, आजै साँझ ५ बजे शपथ

माओवादीले कारबाही गरेसँगै पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, आजै साँझ ५ बजे शपथ

नेपालखबर
चैत २७, २०७७ शुक्रबार ८:५४,

माओवादी केन्द्रले एमालेमा लागेका भन्दै सांसदबाट हटाएका चार मन्त्रीले आजै मन्त्री पदको शपथ लिने भएका छन्।

माओवादीले एमालेमा प्रदेश गरेका ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री, प्रभु शाह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम तथा रोजगार गौरीशंकर चौधरीलाई पनि कारबाही गर्दै पदमुक्त गरेको थियो। पदमुक्त भएका चारै मन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्नियुक्तिको गरेपछि आजै शपथग्रहण हुन लागेको मन्त्री टोपबहादुर रायमाझीले जानकारी दिए।

‘शपथको कार्यक्रम राखेको सुनेको छु, खबर आएपछि जान्छु’ रायमाझीले नेपालखबरसँग भने।

उनीहरुको शपथ साँझ ५ बजे शीतल निवासमा राखिएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ।

सांसद नरहेका व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ।

माओवादी र एमालेको एकतापछि बनेको नेकपालाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि अहिले मन्त्री रहेको चारै जना पूर्व माओवादी नेताहरु एमालेका ओली समुहमा लागेका थिए।

एमालेको फागुन २८ गतेको केन्द्रीय समिति बैठकले चारै जनालाई एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो।

त्यसपछि नेकपा माओवादी केन्द्रले चारैजनालाई दलबाट निष्काशन गर्दै सांसद पदबाट समेत मुक्त गरेको हो।

राजनीतिक दलसम्बन्धी ऐनमा सांसद निर्वाचित भएको पार्टीले निष्काशन गरे सांसद पद पदमुक्त हुने व्यवस्था छ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले चारैजना मन्त्रीको सांसद पद खारेज भएको जानकारी गराएका थिए। सांसदबाट पदमुक्त भएपछि उनीहरुले सांसदको हैसियतमा पाएको मन्त्री पदसमेत गुमेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad