नेकपा एमालेका सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्र निर्णय गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बस्नेतले माओवादी सरकार गठन पनि गर्न नसक्ने र विश्वसको मत पनि फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको बताएका हुन्।
उनले पहिलो माओवादी एमालेलाई भाले न पोथी भन्ने गरेको भन्दै आज त्यही अवस्थामा आफै बुगेको बताए।
‘विगतमा एमालेलाई ‘न पोथी न भाले भन्ने’ माओवादी आज त्यै अवस्थामा छ’, उनले भने, ‘ऊ न विश्वासको मत फिर्ता लिन सक्छ न सरकार गठन गर्न सक्छ।’
उनले वैधानिक ढंगले सरकार गठन गरे एमाले प्रतिपक्षमा बस्न तयार रहेको बताए। उनले भने, ‘सरकारको विकल्प खोज्ने हो भने खोज्नुस्, एमाले प्रतिपक्षमा बस्न तयार छ।’
सांसद बस्नेतले कांग्रेस सांसद गगनकुमार थापाले सरकारका कामकारबाहीबारे उठाएका प्रश्नको जवाफ समेत दिएका थिए।
उनले रानीपोखरी बन्दा र धरहरा ठडिँदा किन टाउको दुःखेको भन्दै थापालाई प्रतिप्रश्न समेत गरे। उनले
‘रानीपोखी बनेको कुराले किन हाम्रो टाउको दुख्दै छ, धरहरा ठडिएको कुराले किन हाम्रो टाउको दुख्दै छ,’ सांसद बस्नेतले भने।
उनले प्रधानमन्त्री सदनमा नआएको भन्ने प्रश्नको पनि जवाफ दिए। उनले चालु हिउँदे अधिवेशनमा ६ वटा बैठक बसेको र प्रधानमन्त्री ओली ३ वटा बौठकमा आएको बताए।
‘म स्मरण गराउन चाहन्छु, बैठक एक महिनाको दौरानमा ६ पटक बस्यो’, उनले भने, ‘२३ गते प्रधानमन्त्री आएर एक घण्टा बसेर फर्किनुभयो । दोस्रो बैठकमा ४५ मिनेट बसेर फर्किनुभयो। तेस्रो बैठकमा तीस मिनेट बसेर फर्किनु भयो।’

प्रतिक्रिया