राजनीति


महासंघ तनहुँ शाखाको अध्यक्षमा उज्वल पौडेल निर्वाचित

महासंघ तनहुँ शाखाको अध्यक्षमा उज्वल पौडेल निर्वाचित

नेपालखबर
चैत २६, २०७७ बिहिबार ७:२७,

नेपाल पत्रकार महासंघ तनहुँ शाखाको अध्यक्षमा उज्वल पौडेल निर्वाचित भएका छन्।

महासंघको बुधबार राति सम्पन्न महाधिवेशनमा पौडेलले ५७ मत ल्याएर निर्वाचित बनेका हुन्। उनका निकटम प्रतिद्वन्द्वी शेख मोहम्द हनिफ (गोरा मियाँ)ले ५३ मत ल्याएका छन्। मियाँ प्रेस युनियनतर्फबाट उम्मेद्वार बन्नुभएको थियो । पौडेल प्रेस मञ्च नेपालको केन्द्रीय सचिव हुन्। तनहुँमा प्रेसमञ्च नेपाल र प्रेस चौतारीबीच गठबन्धन भएको थियो।

त्यसैगरी उपाध्यक्षमा धनपति अधिकारी र अस्मिता खनाल, सचिवमा प्रताप राना, सहसचिवमा प्रकाश अधिकारी, सहसचिव समावेशीतर्फ मिला दरै, कोषाध्यक्षमा बिमला दुवाडी, सदस्यमा उपेन्द्र खनाल, किरण श्रेष्ठ, प्रकृति खनाल, राजेश्वर हड्खले, विकास खनाल, विष्णु गौतम, श्रीहरी पौडेल विजयी भएका छन्।

त्यसैगरी महिला सदस्यमा सुनिता थापा, जनजाति सदस्यमा सिर्जना राना, महिला दलितमा मुना कालिराज विके निर्वाचित भएको निर्वाचन संयोजक कमलामोहन वाग्लेले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad