राजनीति


बेइजिङ ओलम्पिक्स सामूहिक रुपमा बहिष्कार गर्ने सोचमा अमेरिका, सहयोगीलाई फकाउँदै

बेइजिङ ओलम्पिक्स सामूहिक रुपमा बहिष्कार गर्ने सोचमा अमेरिका, सहयोगीलाई फकाउँदै

नेपालखबर
चैत २५, २०७७ बुधबार ८:३६,

मंगलबार मात्र अमेरिकी राज्य विभागले अमेरिका सामूहिक रुपमा बेइजिङ ओलम्पिक्स बहिष्कार गर्ने मनसायमा भएको साथै आफूहरुले सहयोगी राष्ट्रसँग सोही विषयमा छलफल गरिरहेको बताएको थियो।

सिनजियाङ प्रान्तका उइगर मुस्लिमहरुको मानवअधिकार उल्लंघन गरेकाले अमेरिकाले बेइजिङ ओलम्पिक्स बहिष्कार गर्ने बताएको हो।

सामूहिक रुपमा ओलम्पिक्स प्रतियोगिता बहिष्कार गर्ने सन्दर्भमा आफ्ना सहयोगी राष्ट्रहरुसँग छलफल भइरहेको अमेरिकी राज्य विभागका प्रवक्ता नेड प्राइसले बताएका छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार उनले भनेका छन्,‘सामूहिक रुपमा ओलम्पिक्स बहिष्कार गर्ने दृष्टिकोण हाम्रो मात्र नभएर हाम्रा सहयोगी र साझेदारहरूको पनि सोच हो।’

Tokyo 2020: Covid-19 overshadowing Olympic battle with climate change |  South China Morning Post

चीनले मुस्लिमको जनसंख्या घटाउने कार्य गरेको, उनहरुको श्रम शोषण गरेको तथा उनीहरुलाई धर्म त्याग्न बाध्य बनाइएको पश्चिमा प्रतिवेदनहरुमा उल्लेख गरिएका छन्।

चीनले भने सबै धर्मका मानिसलाई देशमा सम्मान हुने बताउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad