नेकपा एमाले सर्लाही जिल्ला कमिटी अध्यक्ष रेवती पन्तविरुद्धको कुनै विज्ञप्तिमा आफूले हस्ताक्षर नगरेको ओलीनिकट केन्द्रीय सदस्य रवीन्द्र बैठाले बताएका छन्।
एमालेका वरिष्ठ नेता झलनाथ खनालनिकट नेता पन्तले गुटगत गतिविधि गरेको आरोप लगाउँदै अध्यक्ष केपी शर्मा ओली पक्षका ३ केन्द्रीय सदस्यसहित ९ नेताले यही चैत १७ गते पन्तलाई अध्यक्ष अस्वीकार गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए। जसमा केन्द्रीय सदस्य रवीन्द्र बैठाको नाम र हस्ताक्षर पनि थियो।
यो पनि : ओली–नेपाल टक्करले एमाले सर्लाहीमा भाँडभैलो, अध्यक्ष अस्वीकार गर्दै विज्ञप्ति
तर प्रदेश नम्बर २ का प्रदेश सभा सदस्यसमेत रहेका नेता बैठाले त्यो विज्ञप्तिमा आफूले हस्ताक्षर नगरेको तर कतै गरेको हस्ताक्षर स्क्यानिङ गरी त्यसमा राखिएको भन्दै सोमबार खण्डन गर्दै वक्तव्य जारी गरेका हुन्।
‘क. रेवती पन्त हाम्रो पार्टीको जिल्ला अध्यक्ष हो, उहाँलाई कारबाही गरिएको भन्नु हास्यास्पद कुरा हो। यस्तो कुनै विज्ञप्तिमा मैले हस्ताक्षर गरेको छैन,’ बैठाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
बैठालाई केही समयअघि अध्यक्ष ओलीले एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।
पर्सा गाउँपालिकाको संग्रामपुर निवासी नेता बैठालाई भेट्न सोमबा बिहान जिल्ला अध्यक्ष पन्त, नेताहरू लक्ष्मण पौडेल, चूडामणि वाग्लेलगायत उनकै निवासमा पुगेका थिए।
त्यस क्रममा उनले आफ्नो स्पष्टीकरण दिँदै वक्तव्य निकालेका हुन्।

यो पनि : सर्लाहीमा युवा संघले भन्यो : एमाले जिल्ला अध्यक्ष हटाएको भन्ने दाबी हास्यास्पद

प्रतिक्रिया