राजनीति


काठमाडौँमा नेपाल–खनाल पक्षको समानान्तर कमिटी, अध्यक्षमा वसन्त मानन्धर

काठमाडौँमा नेपाल–खनाल पक्षको समानान्तर कमिटी, अध्यक्षमा वसन्त मानन्धर

नेपालखबर
चैत २२, २०७७ आइतबार ११:६,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले काठमाडौँमा समानान्तर समिति गठन गरेको छ।

आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी नेपाल–खनाल पक्षले वसन्त मानन्धरको नेतृत्वमा समानान्तर समिति गठन गरेको हो।

मानन्धर एमालेको बागमती प्रदेश कमिटी सदस्य समेत हुन्। एमालेकै ओली समूहका जिल्ला अध्यक्ष भने कृष्ण राई छन्।

त्यस्तै समानान्तर कमिटीको उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुम कार्की र उपसचिवमा एलपी श्रेष्ठ रहेका छन्।

भेलालाई वरिष्ठ नेताद्वय नेपाल, खनाल, स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य लगायतले सम्बोधन गरेका थिए।

शनिबार नेपाल खनाल पक्षले ‘पार्टी एकता बचाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ दुई महिने संगठन बिस्तार र सुदृढीकरण अभियान घोषणा गरेको थियो।

नेपाल खनाल पक्षले यसअघि गण्डकी प्रदेशका सबै जिल्ला र अन्य प्रदेशका केही जिल्लामा समानान्तर समिति घोषणा गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad