ad ad

राजनीति


सर्लाहीमा युवा संघले भन्यो : एमाले जिल्ला अध्यक्ष हटाएको भन्ने दाबी हास्यास्पद

सर्लाहीमा युवा संघले भन्यो : एमाले जिल्ला अध्यक्ष हटाएको भन्ने दाबी हास्यास्पद

नेपालखबर
चैत १९, २०७७ बिहिबार १:४७,

सर्लाहीमा नेकपा एमालेका जिल्ला अध्यक्ष रेवती पन्तलाई हटाएको भन्दै ओली पक्षका केही नेताले विज्ञप्ति निकालेकोप्रति भ्रातृ संगठन युवा संघको जिल्ला कमिटीले तीव्र विरोध जनाएको छ।

नेपाल–खनाल पक्षका नेता पन्त पार्टीविरोधी गतिविधिमा लागेको आरोप लगाउँदै ओली पक्षका ३ केन्द्रीय सदस्यसहित ९ नेताले उनी एमालेको जिल्ला अध्यक्ष नरहेको भन्दै मंगलबार संयुक्त विज्ञप्ति निकालेका थिए। जसलाई अध्यक्ष पन्तले हास्यास्पद भनेर खण्डन गरिसकेका छन् भने आफूलाई हटाउने अधिकार माथिल्ला कमिटीलाई मात्र भएको यसअघि नै बताइसकेका छन्।

यसपछि युवा संघको जिल्ला कमिटीले पन्तका पक्षमा विज्ञप्ति निकालेको हो। विज्ञप्तिमा ओली पक्षका नेताले निकालेको विज्ञप्ति ‘भ्रमणपूर्ण र अराजक’ भएको उल्लेख छ।

संघका जिल्ला संयोजक जयबहादुर गोलेको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको विधानअनुसार पार्टीको सातौं जिल्ला अधिवेशनबाट निर्वाचित भई यसबीच तीन/तीनवटा निर्वाचन र पार्टीको समग्र नेतृत्वमा स्थापित भई काम गरिरहनुभएका अध्यक्षलाई केही व्यक्तिले हटाएको भन्ने दाबी गर्नु आफैंमा हाँसो र अराजकताको विषय हो।’

yuwabisa

याे पनि :  ओली–नेपाल टक्करले एमाले सर्लाहीमा भाँडभैलो, अध्यक्ष अस्वीकार गर्दै विज्ञप्ति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .