नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई विसर्जन हुन नदिने बताएका छन्।
बुधबार काठमाडौँमा नेपाल–खनाल पक्षको युवा संघ नेपालको कार्यालय स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूहरु कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउन चाहेको बताएका छन्।
‘कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न, धरासयी र बिसर्जन हुन दिने छैनौँ’, नेपालले भने, ‘हामी कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउनका चाहान्छौँ।’
वरिष्ठ नेता नेपालले चैत ४ र ५ गतेको भेला एकता पक्षमा भएको दावी गरे।
नेता नेपालले आफूहरु पनि कार्यालयको खोजीमा रहेको भन्दै कतै राम्रो ठाउँ देखे खबर गर्न आग्रह समेत गरे।
‘हामीले पनि कार्यालय राख्ने भवनको खोजी गरेका छौँ’, नेता नेपालले भने, ‘राम्रो ठाउँ पाउनुभयो भने खबर गर्नुहोस्।’

प्रतिक्रिया