राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्दको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
भारतीय राष्ट्रपति कोविन्दको मंगलबार मुटुको सफल शल्यक्रिया भएकोमा खुशी व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत स्वास्थ्यलाभको कामना गरेकी हुन्।
राष्ट्रपति कोविन्दको मुटुको ‘बाईपास सर्जरी’ सफलतापूर्वक सम्पन्न भएको उनको उपचार भइरहेको दिल्लीस्थित ‘अल इन्डिया मेडिकल साइन्सेस (एम्स)’ ले जनाएको छ।
गत हप्ता, राष्ट्रपतिलाई छातीमा समस्या आएको बताएपछि नयाँ दिल्लीमा नै रहेको भारतीय सेनाको अनुसन्धान र रेफरल अस्पतालमा भर्ना गरिएको थियो।
पछि उनलाई उपचारका लागि एम्समा सारिएको थियो। चिकित्सकहरूले राष्ट्रपतिको बाइपास प्रक्रियाबाट सल्यक्रिया गर्न दिएको सल्लाह बमोजिम उनको मुटुको शल्यक्रिया भएको हो।

प्रतिक्रिया