ad ad

राजनीति


एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलाविरुद्ध पुनरवलोकनको माग गर्दै प्रचण्ड सर्वोच्चमा

एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलाविरुद्ध पुनरवलोकनको माग गर्दै प्रचण्ड सर्वोच्चमा

नेपालखबर
चैत १७, २०७७ मंगलबार ५:४१,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवाद निरुपणका सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसला पुनरवलोकनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँ सर्वोच्च अदालत पुगेका छन्।

सर्वोच्चले एमाले र माओवादी केन्द्र एक भएर बनेको नेकपा बदर गरिदिएपछि मंगलबार बिहान प्रचण्ड सर्वोच्च पुगेका हुन्।

अध्यक्ष प्रचण्डसँगै हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, वर्षमान पुन लगायतका नेताहरु सर्वोच्च पुगेका हुन्।

prachandaadalat

सर्वोच्च अदालतले गत फागुन २३ गते उक्त फैसला गरेको थियो। फैसलासँगै एक भएका दुई पार्टी एमाले र माओवादी केन्द्र ब्युँतिएका थिए।

पार्टीको नाम विवादबारे ऋषि कट्टेलले २ वर्षअघि हालेको मुद्दामा सर्वोच्च अदालतले उनकै नेकपा वैधानिक र एमाले–माओवादी केन्द्र मिलेर बनेको नेकपा अवैधानिक भनेर फैसला गरेको थियो।

साथै ती पुरानै दुई दल कायम गरिदिएपछि नेकपाबाट अलग्गिएका एमाले र माओवादीका कतिपय नेता अदालतले मागदाबीभन्दा बढी फैसला गरेर ‘राजनीतिक’ निर्णय गरेको भन्दै असन्तुष्ट छन्।

prachandaadalat2

यसै क्रममा प्रचण्डले फैसलाविरुद्ध पुनरवलोकन गर्ने निर्णय गर्दै कानुनविद्सँग परामर्श गरेका थिए।

सोही परामर्शपछि पुनरवलोकनको निवेदन लिएर प्रचण्ड सर्वोच्च पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .