राजनीति


रहेनन् वामपन्थी नेता विष्णुबहादुर मानन्धर

रहेनन् वामपन्थी नेता विष्णुबहादुर मानन्धर

नेपालखबर
चैत १६, २०७७ सोमबार १५:३३,

वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन भएको छ।

पाटन अस्पतालमा उपचारका क्रममा साेमबार राति ८ बजेर २० मिनेटमा निधन भएको छोरा सुनिल मानन्धरले नेपालखबरलाई जानकारी दिए।

निमोनियाबाट ग्रस्त भएपछि ९१ वर्षीय नेता मानन्धरलाई १५ दिनअघि पाटन अस्पतालमा भर्ना गरिएको थियो। उनको छातीबाट पानी निकालेपनि अन्य अंगले काम नगर्दा निधन भएको छोरा सुनिलले बताए।

उनको पार्थिव शरीरलाई भोलि बिहान ९ देखि ११ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखेर भोलि नै अन्त्येष्टि गरिनेछ।

मानन्धरका एक छोरा र तीन छोरी छन्।

नेपालको कम्युनिष्ट आन्दोलनका चर्चित नेता मानन्धरको नेतृत्वमा रौतहटमा ठूलाे किसान आन्दोलन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad