पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले मेलम्ची खानेपानी आयोजनाको काम पूरा भए पनि अझै १७ वटा राष्ट्रिय गौरवका आयोजनाको काम अधुरै रहेको स्मरण गराएका छन्।
मेलम्चीको पानी काठमाडौं ल्याउन ५० वर्ष लागेको भनेर जनस्तरबाट नेतृत्वको आलोचना भइरहँदा पूर्व प्रधानमन्त्री भट्टराईले यसको जसअपजस सम्बन्धित सबैले लिनुपर्नेसमेत बताएका छन्।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत् भट्टराईले आफू प्रधानमन्त्री हुँदा घोषित १७ राष्ट्रिय गौरवका आयोजनामध्ये अझै १६ वटाको काम सकिन बाँकी रहेको स्मरण गराएका छन्।
‘अन्तत : मेलम्चीको पानी काठमाडौंका धारामा झर्नु खुशीको कुरा हो,’ भट्टराई ट्वीटरमा लेखेका छन्, ‘पचास वर्षदेखिको सपना, २० वर्षको उतारचढाव र रू ३० अर्ब खर्चपछि आयोजना पूरा हुँदा सम्बन्धित सबैले जसअपजस पाउने नै छन्। त्यसमा माथापच्ची नगरौं मेरो पालामा घोषित १७ राष्ट्रिय गौरवका परियोजनामध्ये अझै १६ वटा बाँकी छन्। ती पूरा गरौं, अनि हाँसौँ !’

प्रतिक्रिया