ad ad

राजनीति


प्रचण्डले भने : संसदबाट निकास ननिस्के फेरि सडकमा आउँछौँ

प्रचण्डले भने : संसदबाट निकास ननिस्के फेरि सडकमा आउँछौँ

नेपालखबर
चैत १४, २०७७ शनिबार १०:३९,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदनबाट राजनीतिक समस्याको समाधान खोज्ने प्रयास भइरहेको बताएका छन्।

शनिबार बृहत नागरिक आन्दोलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेको ‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग नयाँ सक्ता समीकरणबो छलफल भइरहेको बताएका हुन्।

उनले आफूहरु प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने पक्षमा रहे पनि नदिएका कारण संसदबाट बैधानिक हिसाबले नै हटाउन खोजेको बताए।

‘कांग्रेस र जसपासँग सहकार्यको प्रयास जारी छ। दुई चार दिन संसदमा प्रयास गर्ने हो। नभए सडकमा आउँछु’, उनले भने।

उनले पछिल्लो राजनीतिक घटनाक्रम र सेटिङले आफू र आफ्नो दलमाथि अन्याय भएको भन्दै यसबारे बोलिदिन पनि आग्रह गरे।

उनले फागुन २३ गते ओलीविरुद्धको अविश्वासको प्रस्ताव सदनमा लगेकै कारण सेटिङमा एमाले र माओवादी ब्यँुताउने काम भएको बताए।

‘फागुन २३ गते संसदबाट ओलीलाई हाटाउनका लागि संसद सचिवालयमा पुगेपछि पार्टी अलग गरियो’, उनले भने, ‘अहिले सबैभन्दा बढी ममाथि प्रहार भइरहेको छ। म र मेरो पार्टीमाथिअन्याय भएको छ। तपाईंहरुले न्याय दिनुस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .