राजनीति


अपडेटः मोदी बंगलादेश पुगेपछि उनीविरुद्ध प्रदर्शन हुँदा पाँचकाे मृत्यु

अपडेटः मोदी बंगलादेश पुगेपछि उनीविरुद्ध प्रदर्शन हुँदा पाँचकाे मृत्यु

नेपालखबर
चैत १४, २०७७ शनिबार ६:४८,

बिरोध प्रदर्शनका क्रममा बंगलादेशमा कम्तिमा पनि पाँच जनाको मृत्यु भएको बीबीसीहिन्दीले जनाएको छ।

भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि शुक्रबार बंगलादेश भ्रमणमा गएका छन्। मोदीको भ्रमणको विरोधमा प्रदर्शन सुरु भएपछि प्रहरीले गोली चलाउँदा कम्तिमा पाँच जनाको मृत्यु भएको हो।

डपमा परेर पत्रकारसहित कयौँ प्रदर्शनकारी घाइते भएका छन्। मोदीको भ्रमणको विरोधमा स्थानीय हात्जारी मदरसाबाट जुलुस निस्किएको थियो।

जुलुस हिंसात्मक बन्दै गएपछि प्रहरीले हस्तक्षेप गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

भारतीय प्रधानमन्त्री मोदी बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि शुक्रबार ढाका पुगेका हुन्।

मोदी बंगलादेशको ५०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित विषेश समारोहमा सहभागी हुने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad