यसबीचमा रुष्ट चीनले इयूले चीनलाई ‘मानवअधिकारको विषयमा पढाउन बन्द गर्नुपर्ने’ भन्दै प्रतिक्रिया जनाएको छ।
चीनको समाचार संस्था सिन्ह्वा तथा पत्रिका ग्लोबल टाइम्सले चिनियाँ विदेशमन्त्रालयको बयानलाई प्राथमिकताका साथ छाप्दै भनेको छ,‘इयूले झुठो र गलत जानकारी फैल्याएर चीनको सार्वभौमिकता र हितको विषय नोक्सान पुर्याएको छ।’
मंगलबार चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा भनिएको छ,‘इयूले मानव अधिकारको बारेमा चीनलाई लेक्चर दिन बन्द गर्नुपर्छ र आन्तरिक मामिलामा हस्तक्षेप गर्नबाट पछाडि हट्नुपर्छ।’
यस्तै चीन सरकार समर्थित वेबसाइट द पेपरमा लेखिएको छ,‘युरोपेली पक्षबाट चीनको विषयमा तथ्यलाई नजरअन्दाज गरिएको छ। यो सिधै अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो। यस्ता कार्यले युरोपेली संघ र चीनको सम्बन्ध बिग्रिएको छ।’ बीबीसीहिन्दी
यो पनिः सार्वजनिक रुपमै भिडे अमेरिकी र चिनियाँ अधिकारी, वार्ता बन्यो तनावपूर्ण
अमेरिकाको ‘नाजायज’ प्रतिबन्धविरुद्ध मिलेर काम गर्ने रुस र चीनबीच सहमति
प्रतिक्रिया