हङकङ र मकाउमा फाइजरको खोप वितरणको लागि जिम्मा पाएको कम्पनी फोसुनले यस खोपको बिर्कोमा समस्या देखिएको बताएपछि त्यहाँको सरकारले तत्काल खोप प्रयोग नगर्ने बताएका हुन्।
बिर्को खुकुलो भएका हुनाले खोपले गम्भीर असर देखाउनसक्ने आशंका गरिएको छ। यतिबेला फाइजर र बायोएनटेकले यस विषयमा अनुसन्धान थालेको छ।
बयानका अनुसार ब्याच संख्या–२१०२०२ का खोपको प्याकेजिङमा समस्या देखिएका हुन्। यतिबेला ब्याच संख्या–२१०१०४ को खोपको बिर्को तथा प्याकेजिङमा पनि अनुसन्धान भइरहेको छ।
फाइजरको खोपमा प्रतिबन्ध लागेसँगै यी क्षेत्रमा चिनियाँ कम्पनी सिनोभ्याकको खोप मात्र विकल्पमा छन्।
फाइजर र बायोएनटेकले आफ्नो खोपमा कुनै पनि प्रावधिक खराबी हुन नसक्ने दाबी गरेका छन्। सीएनएन
3
Shares
प्रतिक्रिया