प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चैत २० गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ।
सोमबार बसेको कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारीको बैठकको सहमति अनुसार केन्द्रीय समिति बैठक बोलाएको महामन्त्री शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।
क्रियाशील सदस्यता छानबिन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो।
कांग्रेसले भदौ ७–१० गते महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको भए पनि क्रिायशील सदस्यता विवादका कारण महाधिवेशन प्रभावित हुने देखिएपछि कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो।
3
Shares

प्रतिक्रिया