राजनीति


दिलेन्द्र बडूले संसदमा भने– दार्चुलामा भारतले नेपाली भूमि मिचिरहेको छ, सरकारले मौन सहमति दियो

दिलेन्द्र बडूले संसदमा भने– दार्चुलामा भारतले नेपाली भूमि मिचिरहेको छ, सरकारले मौन सहमति दियो

नेपालखबर
चैत १०, २०७७ मंगलबार ७:४२,

नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले भारतले दार्चुलामा नेपाली भूमि मिचेर तटबन्ध गर्दा नेपाल सरकारले मौन सहमति जनाएको बताएका छन्।

उनले मंगलबार संसद बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै उनले सो विषय उठाएका हुन्।

‘दार्चुलाको सदरमुकामस्थित महाकाली नगरपालिकाको गल्फाईं गाउँको ठीक पारीपट्टि भारत सरकारले तीन महिनायता नेपाल सरकारको सहमति र जानकारीबिना एकतर्फी ढंगबाट तटबन्ध बनाइरहेको छ,’ उनले संसदमा भने, ‘नेपालको जमिनसमेत समेटेर तटबन्ध बनाइरहेको छ।’

त्यो तत्काल रोक्न भनी त्यहाँका सीडीओले भारतका अधिकारीहरुसँग पत्राचार गर्दा पनि सुनुवाइ नभएको उनले बताएका छन्।

स्थानीय र भातृसंस्थाहरुले त्यहाँ सीडीओमार्फत् विरोध जनाएको उनले बताएका छन्।

‘स्थानीयले पटक पटक गृह मन्त्रालयमा ताकेता गर्दा तर नेपाल सरकार सुतिरहेको छ, मौन सहमति जनाएको छ,’ उनले प्रश्न उठाए, ‘यस्तो किन भइरहेको छ।’

उनले तटबन्ध निर्माण तत्काल रोक्नुपर्ने आवाज उठाए।

उनले जिल्लाबाट सीडीओले केन्द्रलाई जानकारी गराउँदा संघीय सरकारले केहि नगरेको बताएका छन्।

‘खुशीको कुरा हो हाम्रो दार्चुलाका त्यहि क्षेत्रको सांसद गणेशसिंह ठगुन्ना मन्त्री हुनुहुन्छ,’ उनले भने, ‘तर दुःखको कुरा उहाँहरुले पनि केहि सुन्नुभएको छैन, उहाँले यो मन्त्रीमण्डलमा किन केहि भनिरहनुभएको छैन?’

स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकाले व्यापकरुपमा त्यो विषय उठाउँदा पनि सरकार किन मौन छ भनी उनले पटक पटक प्रश्न उठाए।

यत्रो आवाज उठ्दा पनि परराष्ट्र मन्त्रालयले त्यसबारे अनविज्ञता जनाएकोमा पनि उनले आपत्ति जनाए।

‘कसको सेवा हुँदैछ, किन हुँदैछ यो,’ उनले प्रश्न उठाए, ‘यो हाम्रो भूमि नबचाए हाम्रा गाउँका गाउँ सखाप हुनेछन् त्यसैले तत्काल यो निर्माण कार्य रोक्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad