ad ad

राजनीति


प्रधानमन्त्री ओलीसँग छलफलका लागि महन्थ ठाकुरसहित जसपा नेता बालुवाटारमा

प्रधानमन्त्री ओलीसँग छलफलका लागि महन्थ ठाकुरसहित जसपा नेता बालुवाटारमा

नेपालखबर
चैत १०, २०७७ मंगलबार ५:५२,

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका छन्।

मंगलबार बिहान जसपा अध्यक्ष ठाकुरसहित नेताहरु सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण प्रधानमन्त्री निवास बालुवाटार पुगेको जसपाका एक नेताले बताए।

‘पार्टी अध्यक्ष ठाकुरसहितका नेताहरु प्रधानमन्त्री ओलीसँग छलफलका लागि बालुवाटार जानु भएको छ’, ती नेताले नेपालखबरसँग भने, ‘अहिले छलफल जारी छ।’ उनले छलफल विषयमा भने खुलाउन चाहेनन्।

जसपा अध्यक्ष ठाकुर पक्ष नयाँ सत्ता समीकरणबारे प्रधानमन्त्री ओलीसँग निरन्तर छलफलमा रहेको छ। सोमबार साँझ पनि प्रधानमन्त्री ओली र जसपाका नेताहरुबीच छलफल भएको ती नेताले बताए।

नयाँ सत्ता समीकरणलाई लिएर जसपामा आन्तरिक विवाद रहेको छ। अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री ओलीलाई हटाउने पक्षमा छन् भने अध्यक्ष ठाकुर पक्ष ओलीसँग पनि सहकार्य हुनसक्ने भन्दै छलफलमा जुटेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .