राजनीति


नेपाल र बंगलादेशबीच चार समझदारी पत्रमा हस्ताक्षर

नेपाल र बंगलादेशबीच चार समझदारी पत्रमा हस्ताक्षर

नेपालखबर
चैत ९, २०७७ सोमबार १७:३१,

दुई दिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश पुगेको बेला नेपाल र बंगलादेशबीच चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

दुई देशबीच पर्यटन, स्वच्छता, सांस्कृतिक आदानप्रदान र रेलवे सञ्जालसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।

बंगलादेशी राष्ट्रपति महमद अब्दुल हमिद र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको ढाका ट्रिब्युनले जनाएको छ। सोमबार बेलुका ढाकास्थित क्रेडेन्सियल हल अफ बंगभवनमा दुई देशका अधिकारीबीचको द्विपक्षीय छलफलपपछि समझदारीपत्रमा हस्ताक्षर भएको हो।

पर्यटनसम्बन्धी समझदारीपत्रमा बंगलादेशको तर्फबाट हवाइ उड्डयन तथा पर्यटन सचिव महमद मोकमेल हुसेन तथा नेपालका तर्फबाट पर्यटन सचिवव यादव प्रसाद कोइरालाले हस्ताक्षर गरेका थिए।

त्यस्तै सानिटरी र फाइटोसानिटर (एसपीएस) सहकार्यमा भने बंगलादेशका कृषि मन्त्रालयका वरिष्ठ सचिव महमद मेस्बल इस्लाम र नेपालका उद्योग सचिव दिनेश भट्टराईले हस्ताक्षर गरेका थिए।

त्यस्तै सन् २०२२÷२०२५ को लागि सांस्कृतिक आदानप्रदान कार्यक्रम गर्ने समझदारीपत्रमा बंगलादेशका संस्कृति मन्त्रालयका सचिव बदरुल अरेफिन र नेपालका संस्कृति पर्यटन सचिव यादव कोइरालाले हस्ताक्षर गरेका थिए।

त्यस्तै रेलवेसम्बन्धी नेपाल–बंगलादेश ट्रान्जिट एग्रिमेन्टमा बंगलादेशको वाणिज्य सचिव डा. महमद जाफर उद्दिन र नेपालका उद्योग सचिव दिनेश भट्टराईले रोहनपुर–साइबाद रेलवे रुट सुधारका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

समझदारीपत्रमा हस्ताक्षर समारोहमा बंगलादेशका विदेशमन्त्री डा. अक अब्दुल मोमेन र स्वास्थ्यमन्त्री जाहिद मालिक तथा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र राष्ट्रपति भण्डारीकी पुत्री उषाकिरण भण्डारी उपस्थित थिइन्।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीलाई बंगलादेशी राष्ट्रपति हमिद र प्रथम महिला रसिदा खानामले राष्ट्रपति निवासमा स्वागत गरेका थिए। हस्ताक्षर समारोहपछि राष्ट्रपति भण्डारी रात्रिभोजमा सरिक भएकी थिइन्। राष्ट्रपति हमिदले नेपाली समकक्षीको सम्मानमा भोजको आयोजना गरेका थिए।

यो पनि : 
ढाकामा राष्ट्रपति भण्डारीलाई रातो कार्पेट, समकक्षी हमिदले गरे विमानस्थलमै स्वागत

राष्ट्रपतिको भ्रमण दल ५४ सदस्यीय, को-को?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad