ad ad

राजनीति


आजको प्रतिनिधि सभा बैठकमा बोल्दैछन् यी नेताहरु

आजको प्रतिनिधि सभा बैठकमा बोल्दैछन् यी नेताहरु

नेपालखबर
चैत ६, २०७७ शुक्रबार ६:५९,

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) दिउँसो बस्दैछ।

दिउँसो १ बजे बस्ने बैठकमा दलका दोस्रो तहका नेताहरुले बोल्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा परराष्ट्रमन्त्री समेत रहेका एमालेका नेता प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाण, माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल, जनता समाजवादी पार्टीका नेता राजकिशोर यादव बोल्ने कार्यसूची रहेको छ।

त्यस्तै नेपाल मजदूर किसान पार्टीकाका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेललगायतले बोल्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गरेपछि फागुन २३, २६, चैत ३ गते संसदको बैठक बसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .