राजनीति


कांग्रेसले एक निष्ठावान अग्रज व्यक्तित्व गुमायो, मोरङले सरल राजनीतिकर्मी : देउवा

कांग्रेसले एक निष्ठावान अग्रज व्यक्तित्व गुमायो, मोरङले सरल राजनीतिकर्मी : देउवा

नेपालखबर
चैत ५, २०७७ बिहिबार ७:१०,

नेपाली कांग्रेसका मोरङ जिल्ला पूर्वसभापति अशोक कोइरालाको बिहीबार विहान निधन भएको छ।

संविधान सभा सदस्य तथा विराटनगर नगरपालिकाका पूर्व प्रमुख समेत रहेका कोइरालाको बिहीबार विहान १ बजे ७७ वर्षको उमेरमा निधन भएको नेपाली कांग्रेसले जनाएको छ।

उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कोइरालाले प्रजातान्त्रिक आन्दोलनहरुमा सक्रिय रहँदा ७ वर्ष जेल जीवन विताएका थिए।

उनी नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाका भाइ हुन्।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्।

‘नेपाली कांग्रेसका नेता एवं मेरा मित्र अशोक कोइरालाको निधनको खबरले निकै मर्माहत भएको छु। उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको भूमिका सधैं प्रशंसनीय छ,’ देउवाले भनेका छन्, ‘उहाँको निधनबाट सिंगो नेपाली कांग्रेसले एक असल र निष्ठावान अग्रज व्यक्तित्वसँगै मोरङको भूगोलले एक सरल राजनीतिकर्मी गुमाएको छ । उहांले पुर्‍याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहनेछ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad