नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले बिहीबार (चैत ५ गते) पछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी जसपाबीच नयाँ सत्ता गठबन्धन बन्ने बताएका छन्।
मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता पुनले ५ गते बस्ने जसपाको बैठकपछि नयाँ सत्ता गठबन्धन बन्ने बताएका हुन्।
‘५ गते जसपाको बैठक छ, त्यो बैठकपछि यो सत्ता समीकरणले मूर्त रुप पाउँछ’, उनले भने, ‘माओवादी केन्द्र, कंगैस र जसपाबीच समीरकण बन्छ। किनपनि भने हामी सबैले प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक हो, यसलाई सच्याउनुपर्छ भनेर एकै ठाउँमा उभिएर यस बारेमा एउटै धारणा बनाएका थियौँ। आ–आफ्नो ठाउँबाट आन्दोलन गरेका थियौँ। संसद पुनर्स्थापना भइसकेपछि यो एउटा प्राकृतिक गठबन्धन हो।’
उनले प्रधानमन्त्रीले दुई वर्ष अगावै प्रधानमन्त्रीले प्रतिनिधि सभा मारिसकेका कारण उनलाई संसद उनलाई फेस गर्ने अधिकार नभएको बताए। उनले ओलीले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने पनि बताए।
बैठकले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख सचेतकमा देव गुरुङ र राष्ट्रिय सभाको दलको नेतामा दीनानाथ शर्मालाई निरन्तरता दिने निर्णय गरेको पुनले बताए।

प्रतिक्रिया