राजनीति


राष्ट्रपतिको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनाल सहभागी नहुने

राष्ट्रपतिको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनाल सहभागी नहुने

नेपालखबर
चैत ३, २०७७ मंगलबार ९:२६,

राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल सहभागी नहुने भएका छन्।

भोलि बुधबारदेखि सुरु हुने पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा जुट्नुपर्ने भएकोले नेपाल र खनाल दुबै नेता जान नपाउने भएको केन्द्रीय सदस्य विष्णु रिजालले बताए।

राष्ट्रपति भण्डारीले आज अपरान्ह चार बजेका लागि संसद प्रतिनिधित्व गर्ने दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरुको बैठक बोलाएकी हुन्।

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि स्वास्थ्यका कारण सहभागी नहुने बताएका छन्।

यो पनि : 

राष्ट्रपति भण्डारीले राखेको सर्वदलीय बैठकमा बाबुराम भट्टराई नजाने

राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad