राजनीति


एमालेका दुई पक्षबीच पार्टी कार्यालयमा यसरी हुँदैछ छलफल

एमालेका दुई पक्षबीच पार्टी कार्यालयमा यसरी हुँदैछ छलफल

नेपालखबर
चैत २, २०७७ सोमबार ६:१६,

नेकपा–एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुबीच अहिले धुम्वाराहीस्थित पार्टी कार्यालयमा छलफल भइरहेको छ।

सो छलफलमा अध्यक्ष ओली, वरिष्ठ नेता नेपाल, पार्टी महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अन्य नेताहरु सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, गोकर्ण बिष्ट र रघुजी पन्त लगायत सहभागी छन्।

Dhumbarahimeeting UML 1

प्रधानमन्त्री ओलीले पछिल्लो घट्नाक्रम र पार्टीमा देखिएका विवादबारे छलफल गर्न वरिष्ठ नेता नेपाललाई बोलाएपछि नेताहरु धुम्वाराहीस्थित एमालेको पार्टी कार्यालय पुगेका हुन्।

एमाले संसदीय दलका उपनेता नेम्वाङ, अर्थमन्त्री पौडेल र परराष्ट्रमन्त्री ज्ञवाली लगायतका आफूपक्षीय नेताहरुसहित ओली छलफलका लागि कार्यालय पुगेका हुन्।

त्यसैगरी वरिष्ठ नेता नेपालले, आफूपक्षका रावल, भुसाल, पाण्डे, बिष्ट र पन्तसहित छलफलमा सहभागी भएका हुन्।

Dhumbarahimeeting UML 2

अदालतको फैसलाबाट एमाले ब्युँतिएपछि ओली र नेपाल लगायतका पार्टीको दुई खेमाका नेताहरु प्रतिनिधि सभा विघटनपछि आपसमा पहिलोपटक छलफल गर्न लागेका हुन्।

अहिले पार्टी कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

यो पनि : 
आआफ्ना टोलीसहित ओली र नेपालबीच पार्टी कार्यालय धुम्वाराहीमा छलफल

ओलीले नेपाललाई वार्ता गर्न बोलाए, आज धुम्बाराहीमा छलफल हुने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad