राजनीति


केन्द्रीय समिति बैठकलगत्तै नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

केन्द्रीय समिति बैठकलगत्तै नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

नेपालखबर
चैत १, २०७७ आइतबार १०:५४,

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।

आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकलगत्तै अध्यक्ष प्रचण्ड नेपाल भेट्न पुगेका हुन्।

उनीहरुबीच वरिष्ठ नेता नेपालको निवास आसपासमै छलफल भइरहेको नेता नेपालको सचिवालयका एक सदस्यले जानकारी दिए।

उक्त छलफमा एमालेका अर्का वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी रहेको ती सदस्यले जानकारी दिए।

उनीहरुबीच समसामयिक राजनीतिक परिस्थिति र अब कसरी मिलेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको ती सदस्यले बताए।

‘अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष श्रेष्ठ र एमाले वरिष्ठ नेता नेपाल र खनालबीच अहिले कोटेश्वरमा छलफल भइरहेको छ’, सचिवालयका एक सदस्यले नेपालखबरसँग भने।

नेकपामा रहँदा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एक ठाउँमा रहेका प्रचण्ड–नेपाल समूहको २४ गते स्थायी समितिको बैठक बसेको थियो। सोही बैठकपछि वरिष्ठ नेता नेपालसहितका नेताहरु एमालेतिर फर्किएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad