ad ad

राजनीति


ओलीविरुद्ध आक्रामक नेपाल पक्ष : आज केन्द्रीय कमिटी बैठक

ओलीविरुद्ध आक्रामक नेपाल पक्ष : आज केन्द्रीय कमिटी बैठक

नेपालखबर
फागुन २९, २०७७ शनिबार ४:२५,

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेर आफूलाई ‘बाइपास’ गर्न थालेपछि माधवकुमार नेपाल पक्ष प्रतिकारका लागि सक्रिय बनेको छ।

यसै क्रममा उसले आज आफूपक्षीय केन्द्रीय कमिटी बैठक राख्ने भएको छ।

नेपाल पक्षका एक एमाले नेताले नेपालखबरलाई दिएको जानकारीअनुसार बैठक बानेश्वरस्थित अर्याल होटलमा बिहान ११ बजे सुरु हुनेछ।

बैठकमा शुक्रबार अध्यक्ष ओलीले गरेका निर्णयविरुद्ध के कसरी अघि बढ्ने भन्ने विषयमा बारे छलफल हुने उनले बताए। 

साथै चैत ४ गते राष्ट्रिय कार्यकर्ता भेला राख्ने निर्णय अनुमोदन पनि आजको बैठकले गर्ने ती नेताले जानकारी दिए।

उनका अनुसार आफ्ना पक्षका सांसदलाई ओलीले कारबाही गर्ने पनि सम्भावना रहेकाले यस विषयमा पनि बैठकमा छलफल हुनेछ।

याे पनि :  नेपाल पक्षले भन्यो: ओलीको अवैध निर्णय मान्दैनौँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .