राजनीति


ओलीको कदमपछि नेपालले बोलाए आफूपक्षीय नेताहरुको बैठक

ओलीको कदमपछि नेपालले बोलाए आफूपक्षीय नेताहरुको बैठक

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार १२:४४,

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहलाई खबरै नगरी पार्टी केन्द्रीय समितिको बैठक राखेर महत्वपूर्ण निर्णय गरेपछि वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आफू निकट स्थायी समितिका सदस्यहरुको बैठक बोलाएको छ।

शुक्रबार साँझ बानेश्वरमा नेपाल पक्षका स्थायी समिति सदस्यहरु छलफलमा जुटेको एक नेताले बताए।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय समिति बैठकले नेपाल–खनाल पक्षका नेताहरुको जिम्मेवारी खोस्नुका साथै महाधिवेशनको मिति समेत घोषणा गरेको छ।

अध्यक्ष ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गर्नुका साथै नेपाल–खनाल पक्षका नेताको जिम्मेवारी समेत खोसेका हुन्।

प्रधानमन्त्री ओलीले आफ्नो समूहलाई ‘बाइपास’ गरेर एकलौटी रुपमा निर्णय गरेपछि नेपाल खनाल समूहले स्थायी समितिको बैठक बोलाएको एक नेताले जानकारी दिए।

स्थायी समिति बैठकले अब कसरी अगाडि जाने भन्ने विषयमा छलफल गर्ने ती नेताले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad