राजनीति


पुनर्स्थापित एमालेको केन्द्रीय कमिटी बैठक सर्‍याे

पुनर्स्थापित एमालेको केन्द्रीय कमिटी बैठक सर्‍याे

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार १०:३६,

पुनर्स्थापित नेकपा (एमाले)को पहिलो केन्द्रीय कमिटी बैठक चैत ७ गते बस्ने भएको छ।

यसअघि चैत १ गतेका लागि तय गरिएको बैठक ७ गते बस्नेगरी सारिएको केन्द्रीय सदस्य राजेन्द्र गौतमले जानकारी दिए। बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ।

एमालेले केही दिनअघि नै केन्द्रीय कार्यालयबाट नेकपाको बोर्ड हटाएर आफ्नो साइनबोर्ड राखिसकेको छ।

सर्वोच्च अदालतले पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) खारेज गरेपछि यसमा मिसिएका पहिलेकै दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः अस्तित्वमा आएका हुन्।

त्यसयता एमालेले पहिलोपटक केन्द्रीय कमिटीको बैठक राख्न लागेको हो।

ऋषि कट्टेलले आफूले नेकपा नामको पार्टी निर्वाचन आयोगमा पहिले दर्ता गराइसकेको अवस्थामा एमाले र माओवादी केन्द्रले एकता गरी फेरि नेकपा नै भनेर आयोगमा दर्ता गराएको भन्दै २ वर्षअघि अर्थात् पछिल्लो नेकपा दर्ता भएलगत्तै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए।

पूर्व माओवादी केन्द्रका २३ नेता एमाले केन्द्रीय सदस्यमा मनोनित

सो मुद्दाको फैसला गर्दै सर्वोच्चले यही फागुन २३ गते कट्टेलको नेकपालाई वैधानिकता दिएको थियो भने पछिल्लो नेकपा खारेज गरिदिएको थियो। साथै पहिलेकै एमाले र माओवादी केन्द्र नै दलका रूपमा कायम गरिदिएपछि अहिले नेकपाका नेताहरू आआफ्नै पार्टीमा फर्केका हुन्।

यो फैसलाले एमालेलाई २०७५ जेठ २ गतेकै अवस्थामा पुर्‍याएको छ। जसअन्तर्गत एमालेको केन्द्रीय कमिटीमा २४१ सदस्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad