राजनीति


विधान संशोधन र दलको नेता चयन गर्न जसपा संसदीय दलको बैठक सिंहदरबारमा

विधान संशोधन र दलको नेता चयन गर्न जसपा संसदीय दलको बैठक सिंहदरबारमा

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार ८:२,

विधान संशोधन र दलको नेता चयन गर्नको लागि जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक सुरु भएको छ।

केहीबेरअघि सिंहदरबारस्थित कार्यालयमा बैठक सुरु भएको हो। आजको बैठकले राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीबीच एकीकृत भएर बनेको जसपाको विधान संशोधन गर्नुको साथै दलको नेता बनाउने नेताहरुले बताएका छन्।

बैठकले दलको नेतामा राजेन्द्र महतो बनाउने सम्भावना रहेको नेताहरु बताउँछन्।

संसदमा ३२ सिट (दुई जना निलम्बित) रहेको जसपा पछिल्लो चरण नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्रसँग निरन्तर छलफलमा छ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपालाई मान्यता नदिएर ऋषि कट्टेलको पार्टीलाई मान्यता दिएपछि एमाले र माओवादीले केन्द्र अलग अलग भएका छन्।

उनीहरु अलग भएसँगै संसदमा प्रधानमन्त्री ओलीलाई संकटमा छन् ।

माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिए उनले विश्वास गुमाउनेछन्।

यस्तो बेलामा जसपालाई सरकारमा सहभागी गराउन ओलीले प्रयास तीव्र पारेका छन्।

यसअघि मंगलबार पनि संसदीय दलको बैठक बसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad