राजनीति


दुई पार्टीमा फर्किएका नेकपा नेताले जनतासँग माफी माग्नुपर्छ : गगन थापा

दुई पार्टीमा फर्किएका नेकपा नेताले जनतासँग माफी माग्नुपर्छ : गगन थापा

नेपालखबर
फागुन २७, २०७७ बिहिबार १५:१,

नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वनेकपाका नेताहरुले जनतासँग माफी माग्नुपर्ने बताएका छन्।

आज बागलुङ बजारमा नेपाल शिक्षक संघ बागलुङको जिल्ला प्रतिनिधिसभा उद्घाटन गर्दै थापाले सर्वोच्चको फैसलापछि नेकपाका दुई पार्टीमा फर्किएका नेताहरुले जनताको माझमा माफी माग्न जानुपर्ने बताएका हुन्।

‘हिजो जनताले हामी एक भयौँ, समृद्धि ल्याउँछौँ भनेर मत दिएका हुन्’ उनले भने, ‘आफ्ना कारणले दुईतिर भएपछि जनताको मतको कदर नेकपाका नेताहरुले गर्नुपर्छ, जनताको बीचमा जानुपर्छ।’

नेता थापाले कांग्रेसले देश विकासको लागि दक्ष जनशक्ति उत्पादनको एजेण्डा अघि सार्ने बताए। देशमा हुने हरेक विकास निर्माणमा स्वदेशी जनशक्तिको अभावका कारण विदेशमा भर पर्नुपर्ने अवस्था रहेको भन्दै उनले रेल चलाउने र पानी जहाज चलाउने सम्मको जनशक्ति स्वदेशमानै उत्पादन हुनुपर्नेमा जोड दिए।

थापाले नेपालीले आफ्नो भनेर अपनत्व बोध नगर्ने बेलासम्म जस्तो सुकै विकास भए पनि समृद्धि प्राप्त नहुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad