नेकपा माओवादी केन्द्रले पनि पेरिसडाँडास्थित पार्टी कार्यालयमा आफ्नै साइनबोर्ड राखेको छ।
सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) खारेज गरेपछि यसबाट पूर्ववत् रूपमा एमाले र माओवादी केन्द्र अलग्गिएका छन्।
यसैकारण परिसडाँडास्थित कार्यालयमा माओवादी केन्द्रले आफ्नै बोर्ड राखेको हो।
एमालेसँग एकीकरण हुनुुअघि पनि त्यहाँ माओवादीकै केन्द्रीय कार्यालय थियो। तर नेकपा बनेपछि उसका जनवर्गीय संगठनहरूको कार्यालय बनाइएको थियो।
एमालेले धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा नेकपाको बोर्ड हटाएर आफ्नो राखेको भोलिपल्ट माओवादी केन्द्रले पनि आफ्नो केन्द्रीय कार्यालयमा आफ्नै साइनबार्ड राखेको हो।
सर्वाेच्च अदालतले फैसला गरेको भोलिपल्ट फागुन २४ गतेदेखि नै एमालेले जिल्लाका पार्टी कार्यालयमा बोर्ड परिवर्तन थालेको थियो। माओवादी केन्द्रले पनि आजदेखि जिल्लामा आफ्नो पार्टी कार्यालय स्थापना गर्न थालेको छ।खबर आउन थालेका छन्।

प्रतिक्रिया