ad ad

राजनीति


माओवादी र जसपाबीच वार्ता, प्रचण्ड र महन्थले गर्दैछन् नेतृत्व

माओवादी र जसपाबीच वार्ता, प्रचण्ड र महन्थले गर्दैछन् नेतृत्व

नेपालखबर
फागुन २६, २०७७ बुधबार १०:२४,

माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुबीच नयाँ सरकार गठनका विषयमा छलफल सुरु भएको छ।

माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयं सहभागी भएका छन्।

जसपाका नेता केशव झाका अनुसार वार्तामा जसपाका तर्फबाट कन्द्रीय अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी छन्।

मंगलबार र बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी दल जसपासँग वार्ता गर्ने निर्णय गर्दै प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई वार्ताको जिम्मेवारी दिएको थियो।

प्रचण्डले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका थिए।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण बदर गरेपछि संसदमा तेस्रो र चौथो स्थानमा रहेका दुई दलबीच नयाँ सत्ता समीकरणको लागि छलफल भएको हो।

मंगलबार बसेको जसपाको संसदीय दलको बैठकले रेशम चौधरीमाथिको मुद्दा र मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको मागलाई केन्द्रमा राखेर सबै पार्टीसँग छलफल गर्ने निष्कर्ष निकालेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .