राजनीति


अब सन्ध्या तिवारीको एमाले र गोपाल किराँतीको माओवादी केन्द्रचाहिँ के हुन्छ?

अब सन्ध्या तिवारीको एमाले र गोपाल किराँतीको माओवादी केन्द्रचाहिँ के हुन्छ?

नेपालखबर
फागुन २५, २०७७ मंगलबार ११:४५,

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) खारेज भएसँगै यसमा मिलेका नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्।

सर्वाेच्च अदालतको फैसलाबमोजिम मंगलबार निर्वाचन आयोगले ती दुवै दल पुनः अस्तित्वमा आएको निर्णय गरिसकेको छ।

तर ती दल एकीकरण भई नेकपा बनेपछि सन्ध्या तिवारीले अर्काे नेकपा एमाले र गोपाल किराँतीले नेकपा माओवादी केन्द्र आयोगमा दर्ता गराएका छन्।

यसमा के होला?

आयोगले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार अब उनीहरूले पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्नुपर्नेछ।

त्यसका लागि दुवैलाई १५ दिनभित्र सुधारसहितको विवरण पेस गर्न आयोगले अनुरोध गरेको छ। 

विस्तृत कुरा तलको विज्ञप्तिमा :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad