कारोबार


डिशहोम गोबाट अब ७० वटा टिभी च्यालन हेर्न सकिने

डिशहोम गोबाट अब ७० वटा टिभी च्यालन हेर्न सकिने

नेपालखबर
फागुन २५, २०७७ मंगलबार ११:४१,

डिशहोमले आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधा (डिशहोम गो) अन्तर्गत ७० वटा च्यानल हेर्न सकिने गरी सेवा विस्तार गरेको छ।

डिशहोम गोमा थप ५० च्यानल थपिएका छन्। उक्त सुविधा सुरु हुँदा २० च्यानल हेर्न सकिन्थ्यो। कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न सक्ने गरी केही समयअघि डिशहोम गो मोबाइल एप सञ्चालनमा ल्याएको थियो।

योसँगै डिशहोम गो एपले ‘भिडियो अन डिमाण्ड’ सेवाको पनि थालनी गरेको छ। जसमा ग्राहकले चाहेको समयमा अंग्रेजी, हिन्दी तथा नेपाली सिरिज, फिल्म, सट फिल्म हेर्न सक्नेछन्।

डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो। कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शुल्क लाग्ने छैन। डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरी निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउने छन्।

डिशहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि गुगलप्ले स्टोर र एप्पलका लागि एप स्टोरबाटै डिशहोम गो ओटीटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad