ad ad

राजनीति


नेकपाको एकता कायमै राख्नुपर्ने प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्यहरुको मत

नेकपाको एकता कायमै राख्नुपर्ने प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्यहरुको मत

नेपालखबर
फागुन २४, २०७७ सोमबार १२:४२,

प्रचण्ड–नेपाल पक्षका नेकपा स्थायी समिति सदस्यहरुले नेकपाको पूर्ववत् एकता कायम राख्नुपर्ने सुझाव दिएका छन्।

सोमबार प्रचण्ड–नेपाल तर्फका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठकमा आफ्नो धारणा राख्दै नेताहरुले सो धारणा राखेका हुन्।

सो बैठकमा स्थायी समिति सदस्य रघुजी पन्तले लोकतन्त्र र स्वाधीनताको रक्षाका लागि एमाले र माओवादी केन्द्रबीचको एकता जोगाउनुपर्ने बताएका थिए।

पन्तले फेरि पनि एकता जोगाउनको लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल गर्नुपर्ने सुझाव दिएका थिए।

‘यो एकता मुलुकको हीत, लोकतन्त्रको रक्षाका लागि भएको हो,’ बैठकमा आफूले राखेको धारणाबारे पन्तले जानकारी दिए, ‘संविधानको रक्षा, देशभक्तिका लागि एकता महत्वपूर्ण थियो, यसलाई टिकाउन सकिन्छ, भंग हुन नदिने हो भने अदालतले फैसला गरेपनि पार्टीहरु आपसमा जुट्न त सक्छन् त्यसो हुँदा अध्यक्ष प्रचण्ड र केपी ओलीले फेरि एकपटक कुरा गरेर एकताको आधारहरुलाई अगाडि बढाउन सकिन्छ भने त्यो काम गरौं।’
पन्तले जस्तै धारणा अरु नेताहरुले पनि राखेका थिए।

‘त्यो नभए दुईवटा पार्टीबीच मोर्चा बनाएर कार्यगत एकता गरेर जाने कुरामा पनि पहल गर्नुपर्छ,’ पन्तले बैठकमा भनेका थिए, ‘सकभर एकता भंग हुन दिनु हुँदैन।’

बोल्ने नेताहरुले सर्वोच्चको फैसला असामान्य र राजनीतिक उद्देश्यले प्रेरित भएर आएको धारणा राखेका थिए।

‘अदालतको फैसलाको सम्मान गरेपनि फैसला असामान्य, राजनीतिक प्रकृतिको आयो,’ बैठकमा नेताहरुले भनेका थिए।

ऋषि कट्टलले नेतृत्व गरेको नेकपालाई मान्यता दिँदै केपी ओली–प्रचण्ड नेतृत्वको नेकपाको एकीकरण नै कायम नहुने सर्वोच्च अदालतको आइतबारको आदेशपछि प्रचण्ड–नेपाल पक्षले स्थायी समिति बैठक राखेका थिए।

बैठकले सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जानुपर्ने निष्कर्ष निकालेको छ।

यो पनि : एमालेभित्रै रहेर ओलीसँग सामना गर्ने माधव नेपाल समूहको निष्कर्ष

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .