राजनीति


सर्वाेच्च अदालतको फैसलाबाट रमाइरहेको ओली समूहलाई प्रचण्डकी छोरी गंगा दाहालको चेतावनी

सर्वाेच्च अदालतको फैसलाबाट रमाइरहेको ओली समूहलाई प्रचण्डकी छोरी गंगा दाहालको चेतावनी

नेपालखबर
फागुन २४, २०७७ सोमबार ३:५०,

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले नेकपा बदर गर्ने सर्वाेच्च अदालतको फैसलाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले देशभर खुसियाली मनाइरहेको टिप्पणी गरेकी छन्।

यसबाट केपी ओलीले प्रधानमन्त्री बन्नकै लागि पार्टी एकताको नाटक रचेको पुष्टि भएको दाबी पनि उनले गरेकी छन्।

‘केपी ओलीको चाहना पूरा भएको छ। आज पार्टी विभाजन भएको खुसियालीमा देशभर हर्षोल्लास मनाइरहेका छन्,’ दाहालले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘आज पुष्टि नै भएको छ कि प्रधानमन्त्री हुनकै लागि पार्टी एकताको नाटक रचिएको रहेछ।’

चेतावनी दिँदै उनले अगाडि लेखेकी छन्, ‘नेपाली जनताले यसको हिसाब पक्कै राख्ने छ !’

gangada

याे पनि : एमाले ब्युँतिएपछि ओली समूहका अरू रमाइरहेका बेला शंकर पोखरेल खासै खुसी देखिएनन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad