नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सरकारको आयु सकिएको बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठक छोडेर निस्किएका उनले पूर्व माओवादीले समर्थन फिर्ता लियो भने पनि सरकार टिक्ने आधार नभएको सञ्चारकर्मीलाई बताए। नेपालले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा बस्ने कुनै अधिकार नभएको दाबी गरेका हुन्।
नेपालले पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘जेसुकै भए पनि यो सरकारको आयु सिद्धियो। अब पूर्वमाओवादीले समर्थन फिर्ता लियो भने पनि टिक्ने आधार भएन। प्रधानमन्त्रीले बस्ने कुनै आधार नै भएन।’
उनले आफूहरूले नेकपा बनाएको बताउँदै ओलीले खोसेर नखोसिने बताए।
‘नेकपा चलाउने हामी। त्यसको नेतृत्व लिने म। केपी ओलीले खोसेर खोसिन्छ?,’ उनले प्रश्न गरे।
3
Shares

प्रतिक्रिया