राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको पछिल्लो फैसलासँग प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको बताएका छन्।
सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपालाई मान्यता दिने निर्णय गरेसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई ब्युँताइदिएपछि थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले प्रधानमन्त्रीसँग विश्वासको मत लिने वा राजीनामा दिने विकल्प रहेको बताए।
उनले यस्तो अवस्थामा अपवित्र गठबन्धन बनाएर सरकार बनाउन अस्वीकार गरी कांग्रेसले नयॅा चुनावको बाटो खोलिदिनु पर्ने बताएका छन्।
'नेकपासम्बन्धी सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ। अब प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ वा राजिनामा दिनुपर्छ’, प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दे सामाजिक सञ्जालमा अध्यक्ष थापाले लेखेका छन्, ‘यस अवस्थामा अपवित्र गठबन्धन बनाएर सरकार बनाउन अस्विकार गरी कांग्रेसले नयॅा चुनावको बाटो खोलिदिनु पर्छ।’
निवेदकको मागमा मात्र सिमित नरही ‘न्यायिक सक्रियता’को आधारमा सर्वोच्च अदालतले विद्यमान राजनीतिक संकट/गतिरोध अन्त्यको बाटो देखाईदिएको छ।अब सत्ताको फोहरीखेलमा नलागी ताजा जनादेशमा जानु आवश्यक छ।नेपाली कंग्रेस निर्णायक स्थानमा छ-अपवित्र गठवन्धन बनाई सत्ताभोग गर्ने वा नयॅा चुनावमा जाने
— Kamal Thapa (@KTnepal) March 7, 2021उनले अदालतले निवेदकको मागमा मात्र सीमित नरही ‘न्यायिक सक्रियता’का आधारमा राजनीतिक गतिरोध अन्त्यको बाटो देखाइसिदएको बताएका छन्।
उनले अब सत्ताको फोहोरी खेलमा नलागी ताजान जनादेशमा जानुपर्ने र त्यसका लागि कांग्रेस निर्णायक भएको बताएका छन्।
Shares

प्रतिक्रिया