राजनीति


निर्वाचन आयोगमा दर्ता भयो सर्वोच्चको फैसला, दर्ता नम्बर १०१४

निर्वाचन आयोगमा दर्ता भयो सर्वोच्चको फैसला, दर्ता नम्बर १०१४

नेपालखबर
फागुन २३, २०७७ आइतबार १३:१५,

नेकपा नाम विवादबारे सर्वोच्च अदालतको फैसला निर्वाचन आयोग पुगेको छ।

आइतबार सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको पार्टीलाई नेकपाको आधिकारिकता दिने फैसला निर्वाचन आयोगमा दर्ता भइसकेको आयोगका प्रवक्ता राजकाुमार श्रेष्ठले बताए। उक्त फैसलाको दर्ता नं १०१४ मा दर्ता भएको आयोगले जानकारी दिएको छ।

सर्वोच्चको फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई ब्युँताइदिएको छ।

‘फैसला आयोगमा प्राप्त भएर दर्ता भइसकेको छ। अब आयोगले अदालतको फैसला गरेअनुसार नै गर्छ, के के गर्नु पर्ने भनेको छ त्यही गर्छौं,’ श्रेष्ठले भने, ‘अन्य विषयको हकमा कानुनको व्याख्या जसरी हुन्छ त्यही अनुसार गर्छौं। फैसला कार्यान्वयन गर्दा त्यसले माग गर्ने विषयहरुको निकास दिँदै जानुपर्छ।’

प्रवक्ता श्रेष्ठले भोलि शनिबार परेका कारण आइतबारबाट प्रक्रिया अगाडि बढ्ने बताए।

यस्तो र सर्वोच्च अदालतको विज्ञप्ति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad