राजनीति


ओलीलाई हटाई प्रचण्डलाई संसदीय दलको नेता बनाएको प्रचण्ड–नेपाल पक्षले गरायो संसदलाई जानकारी

ओलीलाई हटाई प्रचण्डलाई संसदीय दलको नेता बनाएको प्रचण्ड–नेपाल पक्षले गरायो संसदलाई जानकारी

नेपालखबर
फागुन २३, २०७७ आइतबार ८:१४,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका सांसदहरुले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको संसदीय दलको नेताबाट हटाएको संसद सचिवालयलाई जानकारी गराएका छन्।

उनीहरुले आइतबार दिउँसो संसद सचिवालयका महासचिव डा. भरत पौड्याललाई सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेर आफूहरुले नेकपाकाे संसदीय दलकाे नेताबाट ओलीलाई हटाई सो पदमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको जानकारी दिएका हुन्।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वमा आफूहरु महासचिव पौड्यालकाे कार्यकक्षमा पुगेर उनलाई सो जानकारी गराएको सांसद गणेश पहाडीले नेपालखबरलाई बताए।

सो पक्षले शुक्रबार ओलीलाई संसदीय दलको नेताबाट हटाई सो पदमा प्रचण्डलाई चयन गरेको घोषणा गरेको थियो।

सांसद दीपकप्रकाश भट्टले ९० जना प्रतिनिधि सभा २४ जना राष्ट्रिय सभाका सांसद गरी आफूहरु १ सय १४ जनाकाे संख्यामा रहेकाे महासचिवकै कार्यकक्षमा उपस्थित सांसद उपस्थित रहेकाे बताए।

नेताहरुले आफ्नो पार्टीका निर्णयहरु जानकारी गराएपछि महासचिव पौड्यालले आफूले त्यसबारे सचिवालयको कानूनी शाखासँग परामर्श गर्नुपर्ने बताएका छन्।

‘ठीक छ त्यसो भए उहाँहरुलाई पनि बोलाउनुस् भनेर नेताहरुले भन्नुभएको छ,’ त्यहाँ उपस्थित अर्का एक सांसदले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .