ad ad

राजनीति


प्रधानमन्त्री हुने मेरो कुनै चाहना छैन : देउवा

प्रधानमन्त्री हुने मेरो कुनै चाहना छैन : देउवा

नेपालखबर
फागुन २२, २०७७ शनिबार ५:१०,

नेपाली का‌ंग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री हुने कुनै चाहना नरहेको बताएका छन्।

नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको शनिबार बिहान आफ्नै निवासमा विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा नहरेको बताएका हुन्।

सभापति देउवाले प्रमुख प्रतिपक्षी भनेको ‘वेइटिङ प्राइममिनिस्टर’ भएको बताए।

‘म प्रधानमन्त्री हुने रेसमै छैन। प्रधानमन्त्री हुन चाहेको पनि छैन’, सभापति देउवाले भने, ‘विपक्षी दलको नेता प्राइममिनिस्टर इन वेइटिङ हो। तर मलाई प्रधानमन्त्री हुने चाहना पनि छैन।’ उनले देउवा प्रधानमन्त्री बन्दै छ भन्ने कुराको पछाडि नलाग्न आग्रह गरे।

sherbahadurnain

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाका दुवै समूहले सभापति देउवालई प्रधानमन्त्री बनिदिनआग्रह गरेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

सभापति देउवाले नेकपाभित्रको आन्तरिक किचलोमा आफू फस्न नचाहेको बताए। उनले अहिले आफूहरुले नेकपाको कुनै पनि पक्षलाई समर्थन नगर्ने बताउँदै संसदमा उनीहरुको प्रस्तुतिपछि मात्रै कांग्रेसले के गर्छ भन्ने बारेमा निर्णय गर्ने बताए। ‘संसदमा उनीहरु कसरी प्रस्तुत हुन्छन्, कांग्रेसले त्यही बेला उपयुक्त निर्णय गर्छ’, उनले थपे।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि फागुन २३ गतेका लागि संसद बैठक डाकिएको छ।

नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वसको प्रस्ताव ल्याउने तयारी गरे पनि कांग्रेस भने ‘पर्ख र हेर’को रणनीति अख्तियार गरिरहेका छ। शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरुले प्रधानमन्त्री ओलीको विपक्षमा लाग्नुपर्ने मत राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .