राजनीति


प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे विप्लव

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे विप्लव

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार ७:२९,

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधामन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

शुक्रबार नवलपरासीबाट स्कर्पियो गाडीमा प्रहरी स्कर्टिङसहित मध्यान्ह काठमाडौँ आइपुगेका विप्लव प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको उच्च सुरक्षा स्रोतले जनाएको छ।

बालुवाटार जानुअघि महासचिव विप्लवले पार्टी प्रवक्ता एवं वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’सहितका नेताहरुसँग बालुवाटार आसपासमै छलफल गरेका थिए।

बालुवाटारमा केहीबेरको भेटवार्तापछि प्रधानमन्त्री ओली र महासचिव विप्लव राष्ट्रिय सभागृह जाने कार्यक्रम रहेको छ।

बिहीबार सरकार र विप्लव नेकपाबीच भएको तीनबुँदे सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न दिउँसो २ बजे राष्ट्रिय सभागृहमा ‘विशेष समारोह’ को आयोजना गरिएको छ। उक्त समारोहलाई प्रधानमन्त्री ओली र महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बिहीबार बिहान भएको तीनबुँदे सहमतिलाई सोही दिन साँझ बसेको मन्त्रिपषिद् बैठकले अनुमोदन गर्दै विप्लव नेकपालाई लगाइएको प्रतिबन्धसमेत फुकुवा गरिसकेको छ। योसँगै विप्लव नेकपा खुला र शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको छ भने प्रहरी हिरासतमा रहेका नेकपाका नेताहरु पनि छुटिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad