सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथिको प्रतिबन्ध हटाएको छ।
आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
सरकार र विप्लव नेतृत्वको पार्टीबीच आजै तीन–बुँदे सहमति भएको थियो।
मन्त्रिपरिषद् बैठकले सो सहमति पनि अनुमोदन गरेको छ।
‘विप्लव समूहसँग सरकारी वार्ता टोलीले गरेको सहमतिलाई भोली औपचारिक रुपमा घोषणा भएपछि लागु हुनेगरी आजको बैठकले अनुमोदन गरेको छ,’ एक मन्त्रीले नेपालखबरसँग भने।
प्रतिक्रिया